७ चैत, नुवाकोट । पञ्चकन्या गाउँपालिकामा आधारभूत तह कक्षा ५ र ८ को वार्षिक गाउँपालिकास्तरीय उत्तीर्ण परीक्षा सुरु हुँदैछ । परीक्षा चैत ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
गाउँपालिकाले यस शैक्षिक सत्रदेखि एकैपटक कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा लिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
परीक्षामा कक्षा ५ का चार सय १६ जना र कक्षा ८ का एक सय ९८ जना विद्यार्थीहरुले सहभागिता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत धर्मराज रिमालले जानकारी दिएका छन् ।
कक्षा ५ का लागि पालिकाका १९ विद्यालयलाई केन्द्र तोकिएको छ । कक्षा ८ का लागि सात केन्द्र तोकिएको छ । जसमा १२ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् ।
प्रतिक्रिया