sujim advert

आगलागी पीडित परिवारलाई राहत वितरण

शर्मिला थापामगर     माघ २२, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Relief distribution to fire victims
bidur tax consultancy services in nuwakot

२२ माघ, नुवाकोट । आगलागीबाट प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र नुवाकोट उद्योग वाणिज्य सङ्घले खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।

शिवपुरी गाउँपालिका वडा नम्बर-६ स्थित बखती टोलमा सोमबार भएको आगलागी हुँदा स्थानीय रामचन्द्र बखतीको कच्ची घर पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ ।

विद्युत चुहावट हुँदा आगलागी

घर आगलागीबाट क्षति भएकोले तत्काल राहत स्वरुप जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले नगद १५ हजार रुपैँया र टेण्ट हस्तान्तरण गरेका छन् ।

यसैगरी नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले एक महिनालाई पुग्ने खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

स्थानीयवासी र प्रहरीको सहयोगमा झण्डै चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियोे ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top