sujim bazar advert

रसुवाका मगर समुदायले मनाए माघे संक्रान्ति

डबली खबर     माघ १, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Magar community of Rasuwa celebrates Maghe Sankranti
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१ माघ, उत्तरगया । रसुवाका मगर समुदायले पहिलोपटक माघी संक्रान्ति तथा माघी पर्व मनाएका छन् । नेपाल मगर सङ्घ जिल्ला समन्वय समितिले मङ्गलबार उत्तरगया गाउँपालिका-५ स्थित कदैलेटारमा एक कार्यक्रम गरी समुदायस्तरमा पर्व मनाएको हो ।

कार्यक्रममा उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङले आदिवासी जनजाती समुदायका मानिस पछि पर्नुमा आफ्नै कारणले रहेको बताउँदै समयसापेक्ष समुदायसँग हातेमालो गर्दै अघि बढ्नुपर्ने बताईन् । कुनै पनि स्थान वा तहतप्कामा पुग्दा आफ्नो समुदायको उत्थान र हकहितको लागि आवाज उठाउनुपर्ने बताईन् । उपाध्यक्ष गुरुङले सबै जातजातिको धर्म, संस्कृति र परम्परा संरक्षण गर्न गाउँपालिकाले सहयोग गर्ने बताइन्।

कालिका गाउँपालिकाकी उपाध्यक्ष मिरा तामाङ डङ्गोलले आफ्नो जातीयअनुसारको संस्कार मनाउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा नेपाल मगर सङ्घका केन्द्रीय सदस्य भगवान राना मगरले मगर समुदायको पहिचान, संस्कृति, रहनसहनलगायतका विषयमा प्रष्ट पार्नुको साथै नीति नियमबारे जानकारी गराएका थिए ।

मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड रहेतापनि खुल्ला रुपमा जिल्लामा पर्व मनाउन नसकिरहेको अवस्थामा यस वर्षदेखि समुदाय मिलेर पहिलोपटक माघी संक्रान्ति मनाएको समितिका अध्यक्ष विक्रम थापा मगरले बताए ।

समुदायको राष्ट्रिय गान, संस्कृति झल्कने पहिरहनमा सजिएर कौरा, चुड्का, घाटु लगायतका नाच प्रस्तुत गरेका थिए । आफ्नै जातीय पहिचान झल्किने भेषभूषा र गरगहना पहिरिएर मगर समुदायका महिला र पुरुष माघी मनाउन जुटेका थिए । आफ्नो संस्कार र संस्कृतिअनुसारको खानपानको पनि बन्दोबस्त गरिएको थियो ।

आफ्नो धर्म, संस्कृति र परम्परा जोगाएर नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सरोकारवालाहरुले बताए ।

कार्यक्रममा नेपाल मगर सङ्घ रसुवाले समुदायका दुई जेष्ठ नागरिकलाई सम्मान गरेको छ। सम्मानित हुनेमा उत्तरगया गाउँपालिका-५ कदैलेटारकी धनकुमारी रानामगर र कालिका गाउँपालिका-३ धारापानीकी गङ्गाकुमारी मगर रहेका छन् ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top