+
Search

ताजा अपडेट +

पपुलर +

७९ पिन्ट रगत सङ्कलन

डबली खबर
१ साल अगाडी

२७ पुस, नुवाकोट । विदुर सिटि युथ क्लब र विदुर युवा रेडक्रस सर्कलको संयुक्त आयोजनामा भएको रक्तदानमा ७९ जनाले रगत दान गरेका छन् ।

रक्तदानमा महिला १९ जना र पुरुष ६० जनाले रक्तदान गरेको सर्कलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारणसभा र पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान गरेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, विदुर कल्याणकारी बहुमुखी सहकारी संस्था लिमिटेड र पृथ्वी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ, प्रधानाध्यापक बाबुराम लामिछाने लगायतले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

रक्तदानमा नेपाल रेडक्रस सोसाईटी काठमाडाैंको प्राविधिक सहयोग र जिल्ला शाखा नुवाकोटको समन्वय रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ