+
Search

ताजा अपडेट +

पपुलर +

रक्तसम्राट कर्माचार्यद्वारा १८१ पटक रक्तदान

डबली खबर
१ साल अगाडी

२७ पुस, नुवाकोट । नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य नुवाकोट आएर १८१ औं पटक रक्तदान गरेका छन् ।

शनिबार सर्वाधिक रक्तदाताका रुपमा चिनिएका उनले विदुर सिटि युथ क्लब र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान गरेका हुन्। कर्माचार्य नेपालको आपत्‌कालीन रक्तसञ्चारको नामले पनि परिचित छन् ।

काठमाडौं महानगरपालिका-२८ बागबजारका उनले रक्तदाताले दिएको रगत बिरामीलाई नि:शुल्क दिनुपर्ने बताउँदै आएका छन् । नुवाकोटको विदुर आएका उनले निरन्तर रक्तदान गर्न पाउँदा निकै खुसी भएको बताए ।

रक्तदान गर्दै रक्तसम्राट प्रेमसागर कर्माचार्य । तस्विर: सुनील श्रेष्ठ

रक्तदान गर्नु जीवन दान गर्नुजस्तै हो भन्दै सन्देश फैलाइरहेका कर्माचार्य ‘ए पोजेटिभ’ रगत समुहका हुन् ।

रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको उनको भनाइ छ। नुवाकोटमा पनि केहि सातामै स्वयंसेवी रक्तदाता समाज गठन गरिने उनले बताए ।

आयोजक संस्थाले पृथ्वी माविको स्वर्ण महोत्सव र विदुर कल्याणकारी बहुमुखी सहकारीको २७औं वार्षिकोत्सव साधारणसभाको अवसरमा रक्तदान गरेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ