हेटौँडा, २२ मङ्सिर । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ बागमती प्रदेशको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित भए ।
शनिबार हेटौँडामा भएको चौथौँ अधिवेशनमा सिन्धुलीका श्रेष्ठले ३ मतान्तरले जित हात पारे । अध्यक्ष पदका लागि मात्र भएको निर्वाचनमा श्रेष्ठले १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी चितवनका सन्तोष भुसालले ९ मत प्राप्त गरे ।
अधिवेशनबाट क्यानको उपाध्यक्षमा विकास पन्थ (काभ्रे), सचिव सुदिप घिमिरे (दोलखा), सह–सचिव पवन नेपाल (नुवाकोट), कोषाध्यक्ष निरज सापकोटा (रामेछाप) र सदस्यमा राजेन्द्र प्याकुरेल (रसुवा) सर्वसम्मत चयन भएका हुन् ।
निर्वाचनको मतदान प्रक्रियामा २२ मत खसेकोमा एक मत बदर भएको निर्वाचन अधिकृत ऋषी केबीले जानकारी दिए । मतदाताले दुवै उम्मेदवारहरुलाई मत दिएकाले मत बदर भएको उनले बताए ।
क्यानको बागमती प्रदेशको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीमा शाखाहरू रहेको छ ।

प्रतिक्रिया