काठमाडौं, १७ मंसिर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा सोमबार (आज) त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।
मन्त्री सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् ।
प्रधानमन्त्री ओली २० मंसिरमा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया