+
Search

ताजा अपडेट +

पपुलर +

क्यान नुवाकोटको अध्यक्षमा घले

federation of computer association of Nepal can district chapter Nuwakot
डबली खबर
१ साल अगाडी

बट्टार – कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित भएका छन् ।

शनिबार (आज) भएको महासङ्घको तेस्रो अधिवेशनबाट घले सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । घलेको अध्यक्षतमा सात सदस्यीय कार्यसमिति गठन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा तारा रिमाल नेपाल, सचिवमा सुनिल श्रेष्ठ, कोषाध्यक्षमा अजय नगरकोटी र सहसचिवमा विशाल सापकोटा चयन भएका छन् ।

यस्तै, महासङ्घको सदस्यहरुमा रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे चयन भएका छन् ।

निर्वाचित पदाधिकारीलाई क्यान महासङ्घका केन्द्रीय महासचिव चिरन्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल र क्यान महासङ्घ नुवाकोटका निवर्तमान अध्यक्ष पवन नेपालले संयुक्तरुपमा टिका र खादा लगाई प्रमाणपत्र प्रदान गरेका थिए ।

संस्थागत र व्यक्तिगत रुपमा आबद्ध सदस्यहरुबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको महासङ्घले जनाएको छ  ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकाका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रूपमा स्थापित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ, र व्यवसायीहरूको छाता संगठन हो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ