कोलेनी – अन्तर्राष्ट्रिय संस्था नट फर टुरिष्ट क्यालिफोर्नियाले त्रिशूली अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमकाबीच संस्थाका कार्यक्रम संयोजक केभिन लेडलले विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, ९ नम्बरका अध्यक्ष हरिराम भण्डारी, नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिव उपेन्द्र बुढाथोकीलगायतको उपस्थितिमा अस्पतालका डा. सन्देशराज उपाध्यायलाई हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले यस किसिमको सहयोगले अस्पतालले दिने स्वास्थ्य सेवाले सकारात्मक प्रभाव पार्ने र उपचारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा सहयोगी संस्थाका संयोजक लेडलले सदस्यहरुको सहयोगमा सङ्कलित स्वास्थ्य सामाग्रीले बिरामीको उपचारमा थप सहयोग पुग्ने बताए।
उक्त स्वास्थ्य सामाग्री गैरसरकारी संस्था नेपाल सर्वाङ्गिण विकास समाजको समन्यवमा प्राप्त भएको हो ।

प्रतिक्रिया