+
Search

ताजा अपडेट +

पपुलर +

५३ पिन्ट रगत संकलन

shikhar insurance blood donation
डबली खबर
१ साल अगाडी

नुवाकोट – शिखर इन्सोरेन्सको २०औं वार्षिकोत्सवमा आयोजित रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरिएको छ ।

शनिबार बट्टारमा आयोजित रक्तदानमा आठ जना महिला र ४५ जना पुरुष गरी कुल ५३ जनाले रगत दान गरेको कम्पनीका शाखा प्रबन्धक सुरेन्द्र राईले जानकारी दिए । डेङ्गु रोगको प्रकोप तथा रगत अभाव हुन नदिन रक्तदान आयोजना गरेको उनले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग र समृद्ध नुवाकोटको समन्वय रहेको थियो ।

आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने कम्पनीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ