+
Search

ताजा अपडेट +

पपुलर +

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी गोंगबुबाट पक्राउ

crime nepal dabali khabar
डबली खबर
१ साल अगाडी

नुवाकोट – प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका-१३ बस्‍ने २३ वर्षीय मिलन खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले काठमाडाैँबाट पक्राउ गरेको हो ।

खड्का २०८० चैत १९ गते पिडित महिला नुवाकोट-२५ (१८) को घरमा गएर डर, धम्की देखी जबरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।

पक्राउ परेका उनलाई आवश्‍यक कारबाहीका लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ