नुवाकोट – प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
नुवाकोटको विदुर नगरपालिका-१३ बस्ने २३ वर्षीय मिलन खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडाैँबाट पक्राउ गरेको हो ।
खड्का २०८० चैत १९ गते पिडित महिला नुवाकोट-२५ (१८) को घरमा गएर डर, धम्की देखी जबरजस्ती करणी गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तीलक भारतीले जानकारी दिए ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत नुवाकोटमा पेश गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया