नुवाकोट – विदुर नगरपालिका-२ बट्टारमा रहेको गोसाइँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
जिल्लाको पहिलो प्रदेशस्तरीय कार्यक्षेत्र भएको यस सहकारीको सेयरपुँजी तीन करोड ४८ लाख ३९ हजार चार सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सेयर सदस्य तीन हजार तीन सय ४५ जना रहेको सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा कुल कारोबार २३ करोड ३७ लाख रुपैंयाँ कारोबार गरेको छ ।
कार्यक्रममा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डित, कोषाध्यक्ष लक्ष्मीकुमारी प्रधान र लेखा समितिको संयोजक ध्रुवप्रसाद अर्यालले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा असल बचतकर्ता, असल ऋणी र निर्धन उत्थान केन्द्रलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया