sujim bazar advert

गोसाइँकुण्ड सहकारीको सेयरपुँजी तीन करोड ४८ लाख

डबली खबर     अशोज १९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

gosaikunda chautari sahakari anniversary program
Big Education Consultancy Nuwakot

नुवाकोट – विदुर नगरपालिका-२ बट्टारमा रहेको गोसाइँकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जिल्लाको पहिलो प्रदेशस्तरीय कार्यक्षेत्र भएको यस सहकारीको सेयरपुँजी तीन करोड ४८ लाख ३९ हजार चार सय रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सेयर सदस्य तीन हजार तीन सय ४५ जना रहेको सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा कुल कारोबार २३ करोड ३७ लाख रुपैंयाँ कारोबार गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

सहकारीका अध्यक्ष इन्द्रबहादुर पण्डित, कोषाध्यक्ष लक्ष्मीकुमारी प्रधान र लेखा समितिको संयोजक ध्रुवप्रसाद अर्यालले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा असल बचतकर्ता, असल ऋणी र निर्धन उत्थान केन्द्रलाई सम्मान गरेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top