sujim bazar advert

दसैं तिहार फोटो प्रतियोगितामा सपना प्रथम

डबली खबर     कार्तिक ११, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – समृद्ध नुवाकोटले दसैं तिहारको अवसरमा फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालमा सक्रिय युवाहरुको संस्थाले आयोजना गरेको प्रतियोगितामा सपना श्रेष्ठको फोटो सर्वाधिक धेरै पटक हेरिएको घोषित भएको छ। योसँगै उनको फोटो प्रथम भएको छ । उनको फोटो एकलाख ९९ हजार ५४५ पटक हेरिएको छ ।

यस्तै, पुजा अधिकारी द्वितीय र अमनजङ्ग प्याकुरेल तृतीय भएको छ। पुजाको एक लाख ५३ हजार ४५४ पटक र अमनजङ्गको ८४ हजार ७३५ पटक हेरिएको छ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार ५५५, चार हजार ४४४ र दुई हजार २२२ रुपैयाँ गद पुरस्कार प्राप्त गर्ने संस्थाका अध्यक्ष पूर्णमान कुमार श्रेष्ठले जानकारी दिए ।

प्रथम हुनेले त्रिशूली वेबको तर्फबाट व्यक्तिगत वेबसाइट निर्माणको उपहार प्राप्त गर्नेछ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top