+
Search

ताजा अपडेट +

पपुलर +

जलवायु परिवर्तन सचेतार्थ लौके झरना पदयात्रा 

डबली खबर
१ साल अगाडी

नुवाकोट – सम्पादक समाज नेपालको आयोजनामा १३५ पत्रकारहरुले लौके झरनासम्म पदयात्रा र अवलोकन गरेका छन् ।

शनिबार शिवपुरी गाउँपालिका वडा नं ८ र ककनी गाउँपालिका वडा नं ५ सिमानामा रहेको सानो र ठुलो छहरे लौके झरनामा काठमाडौं र नुवाकोटमा कार्यरत सम्पादक र पत्रकारहरुले पदयात्रा गरेको हो ।

पदयात्रामा समाजका अध्यक्ष पुरु रिसाल, महासचिव श्याम डोटेल, वियोगी पत्रकार अध्ययन केन्द्रका संरक्षक किरण वैद्यलगायतको सहभागिता थियो ।

छहरे (लौके) झरना पर्यटन विकासको साथै कृषिउपज उत्पादनले पालिकाबासीको जीवनस्तर उठाउने शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए ।

जलवायु परिवर्तन सचेतार्थ लौके झरना पदयात्रा आयोजना गरिएको समाजका महासचिव डोटेलले बताए ।

काठमाडौँ र नुवाकोटको सिमाना गुर्जेभन्ञ्याङबाट पश्चिमपट्टि पर्ने समुद्र सतहबाट ६१० मिटरको उचाईमा रहेको झरना करिब १५० फिट अग्लो र लौका आकारको रहेको छ । झरना भई बगेको पानी छिटाको स्पर्शले आनन्दित तुल्याउँछ । 

शिवपुरीमा ठुला झरनामा लौके, लप्से, चिलाउने, लक्षिनेश्वरी र छुङछुङ छन् ।

पदमार्गमा पर्यटकहरूका लागि पसलहरू पनि खोलिएका छन् । टोखा-छहरे सडकखण्डको मुख्य सडकबाट ३ किलोमिटर पर रहेको झरना पुग्न करीब ४५ मिनेट लाग्छ । हलुका सवारीसाधन लिएर झरना नजिक पुग्न सकिन्छ । पदमार्गको ठाउँठाउँमा सिँढी, काठेपुल पनि बनाइएका छन् । फोहोर व्यवस्थापनको लागि अस्थाई व्यवस्थापन गरिएको छ ।

व्यस्त जीवनलाई शनिवारीय वा विदाका दिन शारीरिक वा मानसिकरुपमा तन्दुरुस्त र आनन्दीय राख्न ठुलो झहरे (लौके) झरना पैदल यात्राका लागि उद्गमस्थल बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ