+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूलीमा मनाईयो गुँला पर्व

डबली खबर
१ साल अगाडी

नुवाकोट – नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व बुधबार सकिएको छ । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको पर्व भाद्र शुक्ल प्रतिपदाका दिन समापन गरिन्छ ।

यसैक्रममा त्रिशूलीका नेवारी समुदाय, विशेषगरी बुद्ध धर्मका अनुयायीले एक महिनासम्म यो पर्व धूमधामका साथ मनाएको छ ।

पर्वको सुरुदेखि अन्तिम दिनसम्म विदुर नगरपालिका-१ साँघु बजारको स्थानीय करूणामय (मछिन्द्रनाथ) मन्दिरमा रात्रीकालिन भजन र तुत पाठ गरी मनाएको स्थानीय आनन्द शाक्यले बताए ।

सल्ह गुठीले नेवारी भोज गरी समापन गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ