+
Search

ताजा अपडेट +

पपुलर +

निजामतीको काव्य गोष्ठी

National Personnel Records Civil Day in Nuwakot
डबली खबर
१ साल अगाडी

विदुर – साताव्यापी निजामती दिवस मनाउने क्रममा आज बुधबार निजामती सेवा दिवस मूल समारोह समिति नुवाकोटले रचना वाचन तथा काव्य गोष्ठी गरेको छ ।

समितिको आयोजना जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालले आफ्नो कविता वनमाया मिसको खण्डनसहित वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकारहरु उपमहालेखा नियन्त्रक ओमप्रसाद रिजाल, विद्या निर्दोष पहाडी, प्रज्वल अधिकारी, रोशन पुन, सुमित्रा सुमी, रुपा थापालगायत जिल्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।

कर्मचारी मिलन केन्द्र नुवाकोटका अध्यक्ष तथा वन डिभिजन कार्यालय नुवाकोटका प्रमुख रोशना पोखरेलले यसवर्षको निजामती दिवसमा विभिन्न विधागत १३ वटा कार्यक्रम गरी मनाई रहेको जानकारी दिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ