विदुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नुवाकोटको अध्यक्षमा राजेन्द्र पनेरु सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार भएको १७ औं जिल्ला सम्मेलनबाट पनेरुको नेतृत्वमा २२ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ ।
अनेरास्ववियु क्रान्तिकारीको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र थापा, उपाध्यक्षमा द्वय सुरेन्द्र श्रेष्ठ र उपाध्यक्ष रामेश्वोर वाग्ले, सचिवमा कपिल शाह, सहसचिव निराजन दाहाल र कोषाध्यक्ष रोजिना तामाङ चयन भएका छन् ।
प्रतिक्रिया