sujim advert

सहयोगी सहकारीद्वारा सामाग्री हस्तान्तरण

डबली खबर     भदौ २, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

sahayogi multipurpose cooperative blanket handover to intellectual source center in Nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – सहयोगी बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमबीच आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ।

सहकारीले वार्षिकोत्सवको अवसरमा माझिटारमा रहेको च्वाडी पब्लिक माध्यमिक विद्यालय अन्तर्गत बौद्धिक अपाङ्गता स्रोत केन्द्रलाई नौ थान कम्बल हस्तान्तरण गरेको छ ।

सहकारीका अध्यक्ष केदारप्रसाद रिजालले विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, सहकारीका पदाधिकारी र कर्मचारीको उपस्थितिमा विद्यालय व्यवस्थापनका अध्यक्ष नवराज खनाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सहकारीका अध्यक्ष रिजालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा सहयोग गरिएको बताए ।

कार्यक्रममा ५ नम्बरका वडा अध्यक्ष न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरु मन्त्रीसम्म बन्न सक्ने भएकोले त्यस्ता व्यक्तिहरुलाई मनोरञ्जन, शारीरिक र मानसिक तवरले उचित हेरचाह अपरिहार्य रहेको बताए । पूर्ण स्रोत र साधनको प्रयोगले केन्द्रलाई जिल्लाकै केन्द्रबिन्दुको रुपमा विकास गर्न सकिने उनले भनाइ राखेका छन् ।

तत्कालिन बौद्धिक हेरचार केन्द्रका पूर्व अध्यक्ष पूर्णलाल श्रेष्ठले अपाङ्गता भएका व्यक्ति मध्ये बौद्धिक अपाङ्गता भएका व्यक्तिको हेरचार र सुरक्षा जटिल रहेको हुनाले त्यस्ता व्यक्तिहरुको हेरचाहमा तीनैतहको सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । परिभाषा र भाषा फरक पाटो हुनाले बौद्धिक अपाङ्गता भएका व्यक्तिको हेरचाहमा विशेष हेरचाहका साथ शिक्षा दिनुपर्ने बताए।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष बाबुराम अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सरल भाषा मात्र नभई कलात्मक भाषा र मनोरञ्जनले शिक्षा र हेरचाह गर्नुपर्ने सुझाव व्यक्त गरेका छन्।

हाल स्रोत केन्द्रमा बौद्धिक अपाङ्गता भएका १२ जना विद्यार्थीहरु बस्दै आएको स्रोत शिक्षक मिरा थापा खड्काले जानकारी दिईन् ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top