रसुवा – हिमालयन उद्धार सङ्घद्वारा गोसाइँकुण्डमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा भक्तजनहरूको सुविधाको लागि निःशुल्क स्वास्थ्य सेवा आयोजना गरिन लागेको सङ्घका श्रीराम खत्रीले जानकारी दिए ।
साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने उक्त स्वास्थ्य शिविर तिर्थालु भक्तजनहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिलाउने उद्देश्य रहेको सङ्घले जनाएको छ ।

प्रतिक्रिया