+
Search

ताजा अपडेट +

पपुलर +

ट्रमामा उपचारत क्यान्सरपिडितलाई सहयोग

rita tamang cancer patient in trama center kathmandu
डबली खबर
१ साल अगाडी

नुवाकोट – ट्रमा सेन्टरमा विगत एक महिनादेखि उपचाररत रहेकी क्यान्सर पिडित महिला रिता तामाङलाई नेपाली कांग्रेस नुवाकोट संगठन विभागले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

संगठन विभागको पहलमा संकलन गरिएको ३० हजार नगद रुपैयाँ विहिबार अस्पताल पुगेर नुवाकोट कांग्रेस सचिव एवं संगठन विभाग प्रमुख श्रीराम श्रेष्ठले पिडित तामाङलाई हस्तान्तरण गरेका हुन् ।

जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९ निवासी तामाङ लामो समयदेखि क्यान्सर पिडित बिरामी हुन् । अहिले उनको उपचार काठमाडौंको ट्रमा सेन्टरमा भइरहेको छ ।

आर्थिक अवस्था कमजोर रहेको उनको उपचारमा धेरै खर्च आवश्यक परिरहेकोले आर्थिक संकलन गरेर सहयोग गरेको श्रेष्ठले जानकारी दिए । बिरामीको उपचारको लागि आगमती दिनमा थप सहयोग गरिने उनले बताए ।

तामाङको उपचारका लागि नेपाली कांग्रेसका निटक कार्यकर्ता तथा समाजसेवीहरुले आर्थिक सहयोग उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ