sujim advert

होटलहरुमा मूल्य सूचि निर्धारण

डबली खबर     साउन २४, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Gosaikunda
bidur tax consultancy services in nuwakot

रसुवा – पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभरको लागि दररेट निर्धारण गरिएको छ ।

जनैपुर्णिमा मेला नजिकिएसँगै धुञ्चे-गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले मेला अवधिभर मूल्य सूचि निर्धारण गरेको हो ।

जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीकाअनुसार गोसाईकुण्ड मेला अवधिभरका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा थर्फु सञ्चालकहरुले चिया, खाना, घोडाचढी र बासको दररेट तोके अनुसार मात्र लिन पाउने गरि मूल्य सूची सार्वजनिक गरिएको बताईन् ।

पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ । घोडा चडिहरुका लागि भने चार हजारदेखि आठ हजार रुपैंया निर्धारण गरिएको छ ।

नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म गोसाईकुण्डमा हजारौ तीर्थयात्रीहरुले मेला भर्ने गर्दछन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top