+
Search

ताजा अपडेट +

पपुलर +

सर्वोत्कृष्ट ‘कुञ्जन’

डबली खबर
१ साल अगाडी

विदुर – माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजाअनुसार व्यवस्थापनतर्फ सूर्यगढी गाउँपालिका-४ हिरामणीटार दार्मेका कुञ्जन भट्टराई सर्वोत्कृष्ट ठहरिएका छन् ।

काठमाडौंको डिल्लीबजारमा अवस्थित ट्रिनिटि इन्टरनेशनल कलेजबाट परिक्षामा सहभागिता जनाएका उनले परिक्षाको नतिजामा ३.९६ जिपिए ल्याएका छन् ।

बुबा कुमार भट्टराई र आमा चन्द्रावती भट्टराईको कान्छो सन्तानको रुपमा जन्मेका उनले गाउँकै माउन्टग्लोरी बोर्डिङ स्कुलमा कक्षा ४ सम्म अध्ययन गरेका थिए । उनले कक्षा ५ सामुदायिक विद्यालयतर्फ कुण्डला आधारभूत विद्यालयबाट गरेका थिए ।

उनले भविष्यमा उच्च शिक्षा अर्थशास्त्र वा लेखा चार्टर्ड एकाउन्टेन्ट लिएर पढ्ने इच्छा व्यक्त गरेका छन् ।

उनीसँगै सोहि कलेजमा अध्ययन गर्ने सहारा श्रेष्ठले पनि व्यवस्थापनमा ३.९६ जिपिए ल्याएकी छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ