नुवाकोट – सामाजिक सञ्जालमा सक्रिय समुह दारी ग्याङले विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ । यसै क्रममा दारी ग्याङ युकेको आर्थिक सहयोग लिखु गाउँपालिका-६ मा रहेको बच्छला माध्यमिक विद्यालयमा निःशुल्क दन्त शिविरको गरेको छ ।
साउन ११ गते विद्यालयमा अध्ययनरत २८० जना विद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण गरिएको नुवाकोट दारी ग्याङका संयोजक सुबास श्रेष्ठले जानकारी दिए ।
सुहास डेण्टल केयरका दन्त चिकित्सक डा. लोकराज ढकालसहित ११ जना दन्त स्वास्थ्यकर्मीको टोलीले दन्त चिकित्सकको पुर्जीअनुसार ३० भन्दा बढी बालबालिका अत्यावश्यक दाँत निकालिएको र २९५ जना विद्यार्थीलाई दन्त स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
शिविरमा परीक्षण गरिएकामा पूर्णरुपमा स्वस्थ ५२ जना , दाँतमा किरा लागेको १३८ जना र अन्य समस्या ९० जनामा देखिएको दन्त चिकित्सक डा. ढकालले जानकारी दिए । दाँतको सरसफाइको कमी, नियमित चेकजाँचको कमि र नजिकै दन्त स्वास्थ्य सेवा केन्द्रको अभावको कारण बालबालिकामा बढी दाँतको समस्या देखिएको उनले बताए ।
प्रतिक्रिया