sujim advert

विदुर नगरपालिकामा सबैभन्दा बढी डेंगी संक्रमित

सुनील श्रेष्ठ     असार १७, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

dengue patient infection in Bidur municipality
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – डेंगी संक्रमण नुवाकोट जिल्लामा पनि फैलिएको छ । चालुआर्थिक वर्षमा विदुर नगरपालिकामा डेंगी रोग संक्रमण बढी देखिएको हो ।

जनस्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा आईतबार भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीकाले उक्त जानकारी दिएका हुन् । जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि आएका बिरामीमा डेंगी संक्रमण देखिएको हो । अधिकारीकाअनुसार चालु आर्थिकवर्ष २०८०/०८१ मा २५१ जनामा संक्रमण फेला परेको छ । जसमा ११९ महिला र १३२ पुरुषमा डेंगी रोग संक्रमण देखिएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी २ सय ३४ जना विदुर नगर पालिका क्षेत्रका रहेका छन् । जसमा १२६ महिला र १०८ पुरुषमा डेंगी रोग संक्रमण देखिएको अधिकारीले जानकारी दिए । उक्त सङ्क्रमण देखिएको सबै बिरामीको त्रिशूली अस्पतालमा परिक्षण गरिएको हो । गत आर्थिक वर्षमा विदुर नगरपालिकामा ३२३ जनामा डेंगी सङ्क्रमण देखिएको थियो ।

यस्तै, यसवर्ष तादी गाउँपालिकामा ९ जना, सुर्यगढी गाउँपालिकामा ४ जना र लिखु गाउँपालिकामा ३ जनामा डेंगी रोग संक्रमण देखिएको छ ।

मौसम लामखुट्टे अनुकुल भएका कारण डेंगी बढ्ने भन्दै सचेत रहन जनस्वास्थ्य प्रमुख अधिकारीले आग्रह गरेको छ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी रोग सङ्क्रमण रोकथाम गर्न सकिने अधिकारीले जानकारी दिए ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top