+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा पनि मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

10th international yoga day celebrate in Nuwakot
डबली खबर
१ साल अगाडी

विदुर – आज १० औं अन्तर्राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘महिला सशक्तिकरणका लागि योग’ भन्ने मूल नाराका साथ दशौं विश्व योग दिवस नुवाकोटमा पनि मनाइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको दिवसको अवसरमा बट्टार बसपार्कमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा बालबालिकाहरुले विभिन्न योगासनहरु प्रस्तुत गरेका थिए ।

साताव्यापी योग जागरण यात्रासहित साताव्यापी योग दिवस मनाईएको पतञ्जली योग समिति नुवाकोटका अध्यक्ष फणीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

जिल्ला आयुर्वेद अस्पताल, जीवन विज्ञान, पतञ्जली योग समिति नुवाकोट, युवा समिति र महिला पतञ्जली योग समिति, सुरक्षाकर्मी लगायतको अन्तर्राष्ट्रिय योग दिवस मुलसमारोह समितिले दिवसको अवसरमा बट्टार क्याम्पसदेखि बसपार्कसम्म प्रभातफेरी पनि गरेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउने गरिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ