+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई सुरक्षा प्रशिक्षण दिईने

army training in gramsewa secondary school
डबली खबर
२ साल अगाडी

नुवाकोट – ग्रामसेवा माध्यमिक विद्यालयका विद्यार्थीलाई सुरक्षा प्रशिक्षण दिने भएको छ ।

म्यागङ गाउँपालिका-५ सामरी भञ्ज्याङस्थित विद्यालयका छनौटमा परेका विद्यार्थीहरुलाई राष्ट्रिय क्याडेट कोर (एनसीसी)ले सुरक्षा प्रशिक्षण दिने जानकारी दिएको हो ।

तीन महिना अवधि रहेको प्रशिक्षण यहि असार दोस्रो सातादेखि सुरु हुने नेपाली सेनाले जनाएको छ ।

प्रशिक्षणले विद्यार्थीहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरुप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउने विश्वास लिएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ