Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

मृत्यु दर्ता गराउनेलाई रकम

डबली खबर     असार ५, २०८१

social cause registration
tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ५ को कार्यालयले मृत्यु दर्ता गरेमा पाँच हजार रुपैयाँ दिने जनाएको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेका अनुसार वडा कार्यालयले आर्थिक वर्ष २०८१/८२ बाट लागू हुने गरि ३५ दिनभित्र मृत्यु दर्ता गर्ने मृतकका परिवारलाई ५ हजार रुपैँया दिने भएको छ ।

वडा कार्यालयले वडास्तरिय विविध कार्यक्रमबाट सामाजिक सुरक्षा तथा पञ्जिकरणलाई अध्यावधिक राख्न यस्तो किसिमको निर्णय गरिएको उनले बताए ।

व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले वडा कार्यालयले प्रोत्साहन रकम उपलब्ध गराउने योजना बनाएको वडाध्यक्ष न्यौपानेको भनाई छ ।

जन्म, मृत्यु, बसाईसराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्यप्रति जागरुक गराउन यस किसिमको अभियान ल्याएको वडाले जनाएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top