विदुर – मिस ट्यालेन्ट नेपालको उपाधि नुवाकोट म्यागङ गाउँपालिकाकी मुस्कान तामाङले जितेकी छिन् ।
एनआरडि इन्टरटेन्टमेन्टको आयोजनामा राष्ट्रिय नाचघर काठमाडौँमा भएको प्रतियोगितामा मुस्कानले उक्त उपाधि जितेको हो ।
कम्पनीको आयोजनामा पहिलोपटक भएको प्रतियोगितामा स्मृति तामाङ द्वितिय र अमृता मगर तृतीय भईन् ।
विजेताहरुलाई पूर्वमन्त्री प्रभु शाह, मिस नेपाल वर्ल्ड २०१५ की विजेता ईभाना मानन्धर, नम्रता लामा, प्रियारानी लामा, ज्वालाराज पोखरेललगायतले क्राउन र पुरस्कार वितरण गरेका थिए ।
प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया