sujim advert

प्याब्सनको नेतृत्व विकास प्रशिक्षण

डबली खबर     असार २, २०८१

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

school leaders training program by PABSON Bagamati and Nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – प्याब्सन सदस्य विद्यालयका संस्थापक र प्रधानाध्यापकहरुका लागि नेतृत्व विकास प्रशिक्षण दिएको छ ।

निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) बागमती प्रदेश र प्याब्सन नुवाकोटको संयुक्त आयाेजनामा शनिबार भएको प्रशिक्षणमा ३० भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको संस्थाका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

प्याब्सन बागमति प्रदेशका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सञ्जेलकाे अध्यक्षता र प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीकाे प्रमुख आतिथ्यतामा भएको थियो।

विद्यालय सञ्चालनमा आइपर्ने समस्या र तिनका उचित समाधानका विषयहरुमा केन्द्रीत भई प्रशिक्षण सञ्चालान भएकाे प्याब्सन अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

प्रशिक्षणमा स्वामी विवेक विनयीले आत्म व्यवस्थापन र सागर दाहालले संस्थागत व्यवस्थापन विषयमा सहजीकरण गरेका थिए ।

प्रशिक्षणले विद्यालय सञ्चालन र व्यवस्थापनमा सहजता थपिएकाे र समयानुकुल हुनपर्ने सहभागीहरुले बताए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top