Anand jewelry shop in Trishuli Nuwakot
Global-IME-Bank-1-3
ads health bagamati province

योग जागरण यात्रासहित साताव्यापी योग दिवस सुरु

डबली खबर     असार १, २०८१

tribhuvan-trishuli-secondary-school-admission-open-fro-grade-11-2081
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – दशौं अन्तर्राष्ट्रिय योग दिवस भव्यरुपमा मनाउने परिपत्र अनुसार नुवाकोटमा आजदेखि साताव्यापी योग दिवस मनाउने कार्यक्रम शुरु भएको छ ।

‘महिला सशक्तिकरणका लागि योग’ भन्ने नारासहित जिल्लामा सक्रिय योगसम्बधित केन्द्रले योग दिवस सप्ताहव्यापीरुपमै मनाउनको लागि पतञ्जली योग समिति नुवाकोट, युवा समिति र महिला पतञ्जली योग समितिले संयुक्तरुपमा विभिन्न कार्यक्रम तय गरेको छ ।

आज पहिलो दिनको समितिका अध्यक्ष फणीन्द्रमान श्रेष्ठको सभापतित्वमा तथा प्रदेश सदस्य जाफरिदन मियाको प्रमुख आतिथ्यतामा विदुर नगरपालिका र लिखु गाउँपालिकाको साधनाकेन्द्रबाट योग जागरण यात्रा गर्दै वडा नम्बर ५ स्थित गङ्गटे पार्कमा योग अभ्यास गरेर योग दिवसको साताव्यापी कार्यक्रम सुरु गरेको छ ।

यसैगरी भोली असार २ गते त्रिशूली अस्पतालमा योग जागरण यात्रा गर्दै योग अभ्यास गरेर मनाईने जनाएको छ । यसैगरी योग शिविरदेखि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम रहेको छ ।

योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै अन्य विभिन्न रोगबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

असार ७ गते अर्थात् २१ जुनलाई विश्वले योग दिवस भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top