प्याब्सनद्वारा अर्किडलाई सहयोग

डबली खबर     जेष्ठ २५ २०८१ ०६:०७

social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर –  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटले अर्किड एकेडेमीलाई आर्थिक सहयोग गरेको छ ।

बुधबार एक कार्यक्रमकाबीच प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले अर्किडका संस्थापक एवमं प्रधानाध्यपक रामहरि रिमाललाई नगद पाँच लाख रुपैँयाको चेक हस्तान्तरण हस्तान्तरण गरेका हुन् ।

गत वैशाख २५ गते अर्किड एकेडेमीको बस र मोटरसाईकल एकआपसमा ठोकिदाँ मोटरसाईकलमा सवार दुई युवाको मृत्यु र दुई घाईते भएको थियो ।

जनधनको क्षतिमा सहयोगी भूमिका निर्वाह गर्दै सबै सदस्य विद्यालय र प्याब्सनको तर्फबाट उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको प्याब्सन अध्यक्ष कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्याब्सन पदाधिकारी र विद्यालय व्यवस्थापन सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top