काठमाडौं – नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा राजधानीमा चौथौं चलचित्र महोत्सव सुरु भएको छ ।
भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजित तीन दिनेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेकी हुन् ।
महोत्सव जेठ २३, २४ र २५ गतेसम्म विभिन्न मातृभाषामा बनेका चलचित्रहरु प्रर्दशन गरिने महासंघका अध्यक्ष पुर्खाजित राइले जानकारी दिए ।
महोत्सवमा दुइ दर्जनभन्दा बढि मातृभाषी चलचित्र तथा वृत्तचित्रहरुको प्रर्दशन हुनेछ ।
महोत्सवमा निमा शेर्पाले छायाँकन र निर्देशक गरेको ‘वर्क स्टोन’, दिपनारायण राजवंशीको निर्देशित राजवंशी भाषामा बनेको ‘मोख’, हिलारी बन्धु भुजेलको निर्देशकमा बनेको ‘चोवो ल्याम् योङ्ग, हौँ’ प्रर्दशन हुने छ ।
यस्तै, उपनसिंग गुरुङ (मओत्सेतुङ गरुङ)को निर्देशमा बनेको ‘मार्कली’ वृत्तचित्र, लिम्बु मातृभाषाको ‘सुगुप’, बालुङ मातृभाषामा बनेको ‘फुटुक पर्व’, निर्देशक इगिल फेडेर्सनको ‘इन्डिजिनियस पुलिस’, भीमबहादुर रानामगरको निर्देशनमा निर्मित थामी भाषा वृत्तचित्र ‘नेम देवा’ सम्पादन अन्जना राई प्रदर्शित हुनेछ ।
कुमार यात्रु तामाङको निर्देशकमा बनेको बोटे समुदायको ‘काजीया’ र राजी समुदायका ‘जेठासी पूजा’ वृत्तचित्रको पनि महोत्सवमा प्रर्दशन हुनेछ ।
अमृतबहादुर सुनुवारद्वारा निर्देशित मेचे समुदायको ‘ग्राम पुजा’, रामचन्द्र थामीको ‘तिजी ल्होपा’, ‘घज्याङ’ वृतचित्रको पनि प्रर्दशन रहेको छ । रामशरण माझीको निर्देशकमा बनेको “ढोलो पोदो”, बुद्ध मगरले सम्पादन र निर्देशन गरेको मगर समुदायको ‘रोस’, निर्देशक हुत्तबहाादुर तामाङको तामाङ भाषामा बनेको ‘दार्बुङ’ वृत्तचित्रको पनि महोत्सवमा प्रर्दशन हुनेछ ।
उत्कृष्ट फिचर फिल्मलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार र उत्कृष्ट छोटो फिल्मलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने भएको छ । पब्लिक च्वाइस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ दिइने भएको छ ।
महोत्सवमा आदिवासी मौलिक खानाको स्टल, आदिवासी भेषभूषा, फोटो प्रदर्शनी, आदिवासी र्याम्प वाक, विभिन्न जातिको झाँकीका साथमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछ ।
प्रतिक्रिया