sujim advert

बेलकोटगढीले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

डबली खबर     जेष्ठ २३, २०८१

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

belkogadhi nagarpalika
bidur tax consultancy services in nuwakot

नुवाकोट – बेलकोटगढी नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले मङ्गलबार एक सूचना जारी गर्दै नगरबासीले नि:शुल्क रगत पाउने व्यवस्था गरिएको जानकारी दिएको हो ।

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखासँग निःशुल्क रगत उपलब्ध गराउनेबारे सहमति गरेको हो । नगरपालिकाले रेडक्रस शाखामार्फत् सञ्चालनमा रहेको रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरेर नगरबासीलाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन लागिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले विदुर नगरपालिका-९ कोलेनीमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ ।

साथै, जिल्लाबाहिर रहेका नगरबासीको हकमा भने जहाँ उपचार गर्नुपर्ने हो सोही अस्पताल वा रगत बैंकमा खरिद गरेको बिलको आधारमा केन्द्रमार्फत् शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।

जिल्लाका सबै पालिकालाई निःशुल्क रगत उपलब्ध गराउन प्रेरित गरिरहेको नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखा सभापति हरी श्रेष्ठ बताउँछन् ।

नगरपालिकाको सूचना

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top