+
Search

ताजा अपडेट +

पपुलर +

वडाले इण्डक्सन चुलो वितरण गर्ने

bidur municipality ward number 1 office board
डबली खबर
१ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाको वडा नम्बर १ ले वडाबासीलाई इण्डक्सन चुलाे वितरण गर्ने भएको छ ।

मङ्गलबार एक सूचना जारी गर्दै वडा कार्यालयले अनुदानमा इण्डक्सन चुलाे वितरण गर्ने जनाएको हो ।

स्थानीय नागरिकहरूको लागि वैकल्पिक उर्जा तथा प्रबद्धन केन्द्रको ७० प्रतिशत रकम अनुदान र स्थानीय नागरिकले ३० प्रतिशत रकम व्यवहाेर्ने गरी वडाले इण्डक्सन चुलो वितरण गर्न लागिएको वडासचिव विष्णुप्रसाद गजुरेलले जानकारी दिए ।

वडालाई धुँवारहित वडा बनाउने लक्ष्यका साथ केन्द्रसँगको सम्झौता गरी विद्युतको प्रयोगमा जोड दिइएको वडाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ