नुवाकोट – विगत लामो समयदेखि पानीको महशुल नतिर्ने सदस्यहरुको धारा काट्ने विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ ।
धारा जडान गरेर नियमित पानी उपभोग गर्दै आएका सदस्यहरुलाई खानेपानीको महशुल बुझाउन पटक–पटक जानकारी र पत्राचार गर्दा समेत आनाकानी गरेपछि बाध्य भएर कठोर निर्णय लिनु परेको विदुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले जानकारी दिए ।
संस्थाका कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले विगत वर्षदेखि सदस्यले पानीको महशुल नबुझाउँदा करिब एक करोडभन्दा बढी रकम उठन बाँकी रहेको जानकारी दिए ।
“धारा जडानको खर्च र नियमति मासिक पानीको महशुल रकम नतिर्नेमा १७ सयभन्दा सदस्य रहेको छ “, उनले भने “मौखिक र पत्रबाट पत्राचार गर्दा पनि महशुल तिर्न अटेर गरेपछि सार्वजनिक सूचना प्रकाशन गरेका छौं ।”
सूचनामा भनिएको छ “तेस्रो सहरी खानेपानी आयोजना सञ्चालनमा लिईएको रकमबाट धारा जडान गर्न केहि उपभोक्ता नआएको र रकम मात्र तिरी बसेकाले धारा जडान गरन आवश्यक छ-छैन यथाशिघ्र संस्थाको कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ। साथै , सूचना प्रकाशित भएको मितिबाट ३५ दिन भित्रमा सम्पर्क गर्न नआएमा धारा जडान आवश्यक नपर्ने बह्नी बुझिने हुँदा आफुले जम्मा गरेको रकम फिर्ता लैजाने संस्थाबाट दिईएको सक्कल रसिद वा कुनै प्रमाण लिई आउन हुन सम्पूर्ण उपभोक्तामा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। “
प्रतिक्रिया