sujim bazar advert

करदाता आफैले करचुक्ता प्रमाणपत्र प्राप्त गर्ने प्रणालीको विकास गरिने

डबली खबर     जेष्ठ १५, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

tax clearance certificate
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकाेट – आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले करदाताले बुझाउनुपर्ने बिवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयमले क्यूआर कोडसहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिने भएको छ ।

स्थानीय तहसँग समन्वय र सहकार्य गरी एकीकृत रुपमा करदाता दर्ता गर्ने व्यवस्थाको विकास गरिने छ ।

सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिई बिद्युतिय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरिने भएको छ ।

राजस्व प्रशासनबाट प्रदान हुने सेवालाई पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस बनाउन र करसम्बन्धी सुचना बिश्लेषण गर्न एआईको प्रयोग गरिने छ ।

मूल्य अभिबृद्धि करमा दर्ता भएका सवै करदाताले क्रमशः अनिवार्यरुपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नूपर्ने ब्यवस्था मिलाईने छ । बार्षिक रु. २५ करोड भन्दा बढिको कारोवार गर्ने सवै करदाताको कारोवारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गरिने छ ।

मूल्य अभिबृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको २० लाखको थ्रेसहोल्डमा १० लाख बृद्धि गरी ३० लाख पु¥याइएको छ ।

गत आर्थिक वर्षको बजेटमार्फत् आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफुलमा लागेको मुल्य अभिबृद्धि कर खारेज गरेकाे छ । मदिरा, बियर, सूर्ति र चुरोटमा लगाईएको अन्तःशुल्क दरमा वृद्धि गरेकाे छ ।

यस्तै, सरकारले गैरकरको दरमा पनि बृद्धि गरेकाे छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top