नुवाकोट – त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा दोस्रोपटक फहराइएको छ ।
पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा दोस्रोपटक फहराएको विद्यालयका सहायक प्रधानध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।
उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको “माउण्ट एभेरेष्ट समिट २०८१” अंकित विद्यालयको झण्डा फहाराएका हुन् ।
यसअघि उनले २०७८ असारमा पहिलोपटक विद्यालयको झण्डा फहाराएका थिए ।
विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशूली माविबाट एसएलसि दिएका थिए ।
प्रतिक्रिया