२०८१, १० जेष्ठ बिहीबार

अजिङ्गरे माविलाई सहयोग

डबली खबर     जेष्ठ १ २०८१ १०:३०

ajingare secondary school recevied smart tv and water jar set
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-१३ स्थित अजिङ्गरे माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग प्राप्त भएको छ ।

नेपाली साझा मञ्च साउदी अरब र विद्यालयका भूतपूर्व विद्यार्थीको संयोजकत्वमा साउदी र कतारमा रहेका पूर्व विद्यार्थीबाट भौतिक सामग्रीहरु विद्यालयका प्रधानाध्यापक रामचन्द्र भण्डारी हस्तान्तरण गरिएको हो ।

आईतवार एक कार्यक्रमकाबीच उक्त संस्था र विद्यार्थीहरुले संयुक्तरूपमा आफुले पढेलेखेको विद्यालयका लागि आवश्यक भौतिक सामग्रीहरु सहयोग गरेका हुन् ।

विद्यालयका पूर्व विद्यार्थीहरू तथा मञ्च संस्थाको सदस्यहरुबाट ४९ हजार ९११ रुपैयाँ सङ्कलन गरिएको पूर्वविद्यार्थी आदर्श गुभाजु ‘अन्जान’ले जानकारी दिए । उक्त रकमबाट विद्यालयलाई आवश्यक टेलिभिजन १ थान, पानीको जारसेट, मग र जार टेबल हस्तान्तरण गरिएको उनले बताए ।

कार्यक्रममा विदुर नगरपालिका-१३ का वडा अध्यक्ष भरतबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारी, नेपाली साझा मञ्च साउदीको पूर्वकेन्द्रीय सदस्य नरोत्तम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

सङ्कलन भएको रकमबाट बढी भएको छ हजार ३०० रुपैयाँ सहयोग रकमबाट विद्यालयको सुरक्षा निगरानीको लागि सिसिटिभी जडान गर्ने निर्णय भएको पूर्व विद्यार्थी तथा मञ्चका सदस्य नरोत्तम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top