+
Search

ताजा अपडेट +

पपुलर +

जापानी संस्थाद्वारा हिमालय एकेडेमी अवलोकन

rotary club of hiratsuka west rotary international 2780 district visit himalaya academy at nuwakot nepal
डबली खबर
२ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका-२ बट्टारमा रहेको हिमालयन एकेडेमीको जापानी संस्थाका प्रतिनिधिको टोलीले शैक्षिक अवस्था र भौतिक संरचना अवलोकन गरेका छन् ।

सोमबार रोटरी क्लब अफ हिरात्सुका वेस्ट रोटरी इन्टरनेशनल डिष्ट्रिक-२७८० का जापानिज नागरिक कियोसी नारिताको समुहले शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयको अवलोकन गरेका हुन् ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष कियोसी नारिताले विद्यालयमा १० पटकभन्दा बढी पटक आएर अवलोकन गरेको बताउँदै नेपालको शैक्षिक विकासको साथै विद्यालय र विद्यार्थी शैक्षिक सुधारको लागि आफु सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवकुमार चित्रकारले जिल्लाका अन्य विद्यालय सरह हिमालय एकेडेमी पनि अब्बल रहेको भनाइ राखेका छन् ।

कार्यक्रममा संस्थाले विद्यार्थीका लागि शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

रोटरी क्लबले विद्यालयमा सन् २००३ देखि भौतिक पूर्वाधार र मर्मत सम्भारमा सहयोग गर्दै आईरहेको छ । साथै उक्त संस्थाले विद्यालयका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्दै आईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि चित्रकारले जानकारी दिए ।

कार्यक्रममा २०७४ देखि २०७९ सम्मका विद्यालयका एसइइ पूर्वविद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ