sujim advert

जापानी संस्थाद्वारा हिमालय एकेडेमी अवलोकन

डबली खबर     बैशाख ३१, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

rotary club of hiratsuka west rotary international 2780 district visit himalaya academy at nuwakot nepal
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिका-२ बट्टारमा रहेको हिमालयन एकेडेमीको जापानी संस्थाका प्रतिनिधिको टोलीले शैक्षिक अवस्था र भौतिक संरचना अवलोकन गरेका छन् ।

सोमबार रोटरी क्लब अफ हिरात्सुका वेस्ट रोटरी इन्टरनेशनल डिष्ट्रिक-२७८० का जापानिज नागरिक कियोसी नारिताको समुहले शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयको अवलोकन गरेका हुन् ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष कियोसी नारिताले विद्यालयमा १० पटकभन्दा बढी पटक आएर अवलोकन गरेको बताउँदै नेपालको शैक्षिक विकासको साथै विद्यालय र विद्यार्थी शैक्षिक सुधारको लागि आफु सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवकुमार चित्रकारले जिल्लाका अन्य विद्यालय सरह हिमालय एकेडेमी पनि अब्बल रहेको भनाइ राखेका छन् ।

कार्यक्रममा संस्थाले विद्यार्थीका लागि शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।

रोटरी क्लबले विद्यालयमा सन् २००३ देखि भौतिक पूर्वाधार र मर्मत सम्भारमा सहयोग गर्दै आईरहेको छ । साथै उक्त संस्थाले विद्यालयका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्दै आईरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि चित्रकारले जानकारी दिए ।

कार्यक्रममा २०७४ देखि २०७९ सम्मका विद्यालयका एसइइ पूर्वविद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरेका थिए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top