sujim bazar advert

३१ प्रिन्ट रगत सङ्कलन

डबली खबर     बैशाख ३०, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

blood donation in nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

सङ्गमचोक – समृद्ध नुवाकोटले आयोजना गरेको रक्तदानमा ३१ प्रिन्ट रगत सङ्कलन भएको छ ।

आईतबार भएको रक्तदानमा दुई महिला र २९ पुरुष गरी ३१ जना रक्तदाताहरुले रक्तदान गरेको संस्थाका अध्यक्ष पूर्णमानकुमार श्रेष्ठले जानकारी दिए । जसमा ‘ओ नेगेटिभ’ रगत पनि सङ्कलन गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले रगत कुनै उत्पादन नभई मानिसमा हुने स्वस्फुर्त रुपमा दान गर्ने रक्तदान मानवीय कार्य रहेको भनाइ राखेका छन् । गर्मी मौसममा रगत सङ्कलनमा कठिनाई भईरहेको हुनाले रक्तदाताले निरन्तर रुपमा रक्तदान गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रम दारी ग्याङ्ग नुवाकोट, युनाइटेड युथ क्लब, ब्लड अन रिक्वस्ट इन नुवाकोट, नेपाल बजार तथा बिक्रि प्रतिनिधि सङ्घ नुवाकोट धादिङ एकाइ, सभ्यता समाज नेपाल लगायत लयागत सामाजिक संस्थाको सहकार्य रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top