+
Search

ताजा अपडेट +

पपुलर +

वनदेवी मन्दिरको क्युआर

bandevi temple qr code released in nuwakot
डबली खबर
२ साल अगाडी

नुवाकोट – विदुर सिटि युथ क्लबले शनिबार वनदेवी मन्दिरको पूर्ण जानकारी रहेको वेवसाइट लिंकको क्युआर कोड राखेको छ ।

बहुभाषिक नामसहित जानकारी, फोटो र भिडियो राखिएको वेबसाईटको लिङ्कको क्युआर कोडको क्लबका सल्लाहकार सन्तोष उप्रेतीले राखेको हो ।

क्लबले सञ्चालनमा ल्याएको सूचना केन्द्रको कार्य विघिअनुसार नुवाकोट जिल्लाको सांस्कृतिक, मठमन्दिर, चर्च, मस्जित, चैत्य, गुम्बालगायतको सार्वजनिक स्थलहरुको जानकारीलाई क्रमबद्ध रुपमा क्युआर कोड राख्दै आईरहेको संस्थाका अध्यक्ष सुनील श्रेष्ठले जानकारी दिए ।

यस्तै, संस्थाले मन्दिर परिसर सरसफाई गरेको थियो । कार्यक्रममा क्लबका सल्लाहकार वसन्त रिजाल, वनदेवी मन्दिर संरक्षण समितिका कोषाध्यक्ष सविनराज भण्डारी, नारायणमान श्रेष्ठ, विदुर वन उपभोक्ता समितिका अध्यक्ष रामबहादुर ओस्ति, पृथ्वी माध्यामिक विद्यालयका सहप्रधानाध्यापक विश्वराज भट्टराईलगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ