sujim advert

नुवाकोटमा पनि मनाइयो कानुन दिवस

डबली खबर     बैशाख २६, २०८१

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

विदुर – आज कानुन दिवस नुवाकोटलगायत देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा नुवाकोट जिल्ला अदालतको आयोजनामा कार्यालय परिसरदेखि विदुरचोक हुँदै लोकतान्त्रिक चौतारा पुगी सोहिबाटो हुँदै प्रभातफेरी गरेको छ । साथै विदुरचोकमा सरसफाई समेत गरिएको छ ।

कानुन दिवसका अवसरमा अदालतले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top