२०८१, १० जेष्ठ बिहीबार

शिवपुरीमा मोतियाविन्दु छनौट शिविर

डबली खबर     बैशाख २० २०८१ २०:३३

one day eye testing and checking free camp
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिका-४ कर्जुम चोकमा एक दिने मोतियाविन्दु छनौट शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी नुवाकोटको आयोजनामा भएको कार्यक्रममा २१३ जनाले आँखा परिक्षण गरेका छन् ।

शिविरमा १५ जना बिरामीको मोतियाविन्दु र दुई जना बिरामीको आँखामा मासु पलाएको गरि कुल १७ जना बिरामीको शल्यक्रियाका लागि सिफरिस गरिएको रेडक्रस सभापति हरि श्रेष्ठके जानकारी दिए ।

बिरामीहरुलाई यहि वैशाख २४ र २५ गते हुने दुई दिने शल्यक्रिया शिविरमा उपचार गरिने जनाएको छ ।

वैशाख ६ गतेदेखि सुरु भएको एक दिने घुम्ती शिविर यहि वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ । भोलि शिवपुरी गाउँपालिका-४ सिक्रेस्थित सिक्रे स्वास्थ्य चौकी शिविर हुने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top