sujim advert

घुम्ति बैठक नुवाकोटमा

डबली खबर     १ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

national lok dohari board meeting in Nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौं केन्द्रीय समितिको घुम्ती बैठक नुवाकोटमा सम्पन्न भएको छ । कलाकारिताको माध्यमबाट पर्यटन, संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले विभिन्न जिल्लामा बैठक गर्ने अभियान अनुरुप प्रतिष्ठानले नुवाकोटमा घुम्ती बैठक गरिएको जनाएको छ ।

नेपालकै लामो जात्राको रुपमा रहेको नुवाकोट जिल्लाको ऐतिहासिक सिन्दुरे जात्राको दिन प्रतिष्ठानको अध्यक्ष रिता थापाको नेतृत्वमा केन्द्रीय समितिको टोली आएको थियो । बैठकमा संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्वअध्यक्ष दुर्गा रायमाझी, सल्लाहकारहरु उज्ज्वलजङ्ग ठकुरी, राधाकृष्ण पाठकलगायतको उपस्थिति रहेको थियो ।

बैठकले शारीरिक अपाङ्ग एवम अशक्त कलाकारलाई प्रतिष्ठानमार्फत दिइने संस्थागत सम्पूर्ण सहयोग नि:शुल्क गर्ने निर्णय गरेको केन्द्रिय अध्यक्ष रिता थापाले जानकारी दिईन् । संगठन विस्तार गर्न बाँकी रहेका प्रदेश, जिल्ला तथा विदेशमा गर्ने समेत बैठक निर्यण गरेको छ ।

गत फागुनमा इन्द्रेणी सातौं रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिताको समिक्षा र देशैभरि सञ्चालनमा रहेको कलाकारको तथ्यांक संकलन गर्ने लगायतको महत्त्वपूर्ण निर्णय गरिएको अध्यक्ष थापाले जानकारी दिईन् ।

सिन्दुरे जात्राको मुख्य दिनमा राष्ट्रिय कलाकारहरुले सांगीतिक भजन प्रस्तुत गरेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top