sujim advert

स्थानीय पर्वसहितको क्यालेण्डर र क्युआर सार्वजनिक

डबली खबर     बैशाख १०, २०८१

sizen education new intake 2025
ananda Jewellery shop

bcyc released new year 2081 calendar and nuwakot bhairavi information QR project launch
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर सिटि युथ क्लबले स्थानीय पर्वको तालिका रहेको क्यालेण्डर र क्युआर प्रकाशनमा ल्याएको छ । सांस्कृतिक, सामाजिक, पर्यटकीयलगायतको जिल्लाका विभिन्न क्षेत्रको पहिचानसहित स्थानीय पर्वको तालिका क्यालेण्डरमा उल्लेख छ । साथै क्यालेण्डरमा नुवाकोट जिल्लाका १२ वटै स्थानीय तहको धार्मिक, सांस्कृतिक, पर्यटकीयलगायतको जानकारी रहेको छ ।

आईतबार संस्थाले विदुरमा आयोजना गरेको एक कार्यक्रमकाबीच विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विमोचन गर्दै पर्यटन, धार्मिक, सांस्कृतिक क्षेत्रको विकासबाट आमनागरिकको आर्थिकोपर्जन, जीवनशैलीको सुनिश्चिताको नगरपालिकाको अभियानमा क्लबले पनि सुरु गरेको ‘सूचना केन्द्र’ प्रसंशनीय रहेको बताए । युवा पलायनको अवस्थामा संस्थाको सिर्जनात्मक कार्यले युवा जागरुकतामा नगरपालिकाको सहयोग रहने नगरप्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।

bidur city youth club released new year 2081 calendar
क्यालेण्डर सार्वजनिक गर्दै नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष, संस्थाका अध्यक्ष तथा सल्लाहकार र रेडक्रस सभापति

यस्तै, कार्यक्रममा संस्थाले समग्र जिल्लाको सूचना तथा जानकारीलाई एकीकृत गर्न खडा गरेको ‘सूचना तथा अभिलेख केन्द्र’को रुपमा सञ्चालनमा ल्याउन लागिएको “नुवाकोट डट इन्फो” नामक वेबसाइट र सोही कार्यविधि अनुसारको भैरवी मन्दिरको पूर्ण जानकारी दिन ‘क्युआर’ नगरप्रमुख श्रेष्ठले उद्घाटन गरेका छन् ।

कार्यक्रममा विदुर सिटि युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठले सञ्चालनमा ल्याएको सूचना केन्द्रले जिल्लाका सबै स्थानीय तहको धार्मिक, सांस्कृतिक, ऐतिहासिक धरोहरको साथै सरकारी एवम् सार्वजनिक लगायतका क्षेत्रको पहिचान बहुभाषिक नेपाली, अंग्रेजी, रञ्जना लिपि, तिब्बतियन (तामाङ) लिपिमा ‘क्युआर कोड’ सहित सूचक बोर्ड, तथ्यांकीय अभिलेख र जानकारीलाई आम नागरिकलाई सुसूचित गर्ने माध्यम हुने बताए ।

संस्थाले जानकारीमुलक क्युआरलाई क्रमबद्ध रुपमा राख्दै लगिने छ । सूचना केन्द्रले स्थानीय तहको कार्य योजनामा टेवा पुग्नुको साथै समग्र जिल्लाको धार्मिक, पर्यटन, सांस्कृतिक र आर्थिक क्षेत्र चलायमान गर्ने जनाएको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top