Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

त्रिशूली सहकारी २४ औं वर्षमा

डबली खबर     चैत्र २७, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

24th anniversary celebrated trishuli cooperative nuwakot
bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट जिल्लाको अग्रणी वित्तिय संस्थामध्ये त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि. मङ्गलबारदेखि २४ वर्षमा प्रवेश गरेको छ ।

सहकारीले आफ्नो  वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । सहकारीले स्थानीय बजार क्षेत्रमा घरदैलो गरी नयाँ वर्ष २०८१ सालको क्यालेण्डर वितरण गरेको छ ।

सदस्य केन्द्रीत सेवा तथा अनिवार्य नियमित बचत विषयमा अन्तरक्रिया गरिएको सहकारीका सचिव राजेश श्रेष्ठले जानकारी दिए ।

विदुर नगरपालिका-५ मा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका जेष्ठ नागरिकलाई फलफुल वितरण गर्नुको साथै खाद्यान्न वितरण गरिएको सहकारीका प्रबन्धक हरिचन्द्र अमात्यले जानकारी दिए ।

०५६ सालमा स्थापना भएको सहकारीको एक हजार ६७२ सेयर सदस्य रहेको छ । सहकारीको गत आर्थिकवर्षमा ४० करोड ३५ लाखको कुल सम्पत्ति रहेको थियो ।

सहकारीले सदस्य सेवा केन्द्र बेलकोटगढी नगरपालिका–७ महादेवफाँटबाट पनि सेवा दिइरहेको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top