sujim bazar advert

नुवाकोट दरबार भ्रमणमा वुल्फगैंग

डबली खबर     चैत्र २४, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

mayor rajan shrestha welcoming to architecture Wolfgang Korn and Rajan Shakya CEO of Kathmandu Geust House in Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – परम्परागत वास्तुकलाका अनुसन्धानकर्ता तथा लेखक जर्मन नागरिक वुल्फगैंग कोर्न नुवाकोट आएका छन् ।आज शनिबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले कोर्नलाई स्वागत सम्मान तथा भेटघाट गरेका छन् ।

कोर्नले नुवाकोट बसाईमा नुवाकोटको सम्पदा गाउँ, परम्परा, संस्कृति, इतिहासको साथै नुवाकोट दरबार परिसर लगायतको दस्तावेज तयार गर्न सहजकर्ताको रुपमा कार्य गर्ने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

कोर्नसँगै ‘काठमाडौं गेस्ट हाउस‘का कार्यकारी निर्देशक राजन शाक्य पनि नुवाकोट आएका थिए । शाक्यले नुवाकोट पर्यटनको प्रबर्द्धनमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोर्नले समग्र नुवाकोट जिल्लाको पहिचान, अस्तित्व र मानव विकासको समेत चर्चा गरेका थिए । स्तुपा तथा चैत्य र नेवार समुदायको अनुसन्धानबारे कोर्नले लेखेको पुस्तक बजारमा छन् ।

कोर्नले सन् १९६८ मा नेपाल आएर नेपाल सरकारको आवास तथा भौतिक योजना विभागमा काम गरेका थिए । कोर्नले काठमाण्डौ उपत्यका वरपरका विभिन्न मन्दिरहरूको दस्तावेजीकरणमा कार्य गरेका थिए । हनुमानढोका दरबार क्षेत्रको जीर्णोद्धार र काष्ठमण्डपको नक्शा वा रुपरेखा तयार पार्ने व्यक्ति मध्ये पनि हुन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top