sujim advert

होलीमा अराजक कार्यहरु नगर्न अनुरोध

डबली खबर     चैत्र ९, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

DAO Nuwakot Office Building
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – होली पर्वमा जथाभावी रङ दल्ने व्यक्तिलाई कारवाही गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले होली पर्वका नाममा जथाभावी रूपमा गैरकानूनी कार्य गर्नेलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक अपिल जारी गरी कसैको इच्छा विपरीत रङ नदल्न आग्रह गरेको छ ।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य-मान्यतामा आँच आउने कुनै कार्य नगर्न सहायक प्रमुख जिल्ला अधिकारी तुलसीरमा पौडेलले जानकारी दिए ।

होली मनाउने नाममा इच्छा बिपरित जथाभावी रङ्ग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने जस्ता अराजक कार्यहरु नगर्न समेत अनुरोध गरेको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top