sujim advert

ब्लड क्यान्सरपीडित सावित्रीलाई उपचार खर्च जुटाउन अभियान

डबली खबर     चैत्र ८, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

Savitri dangol suffering from blood cancer
bidur tax consultancy services in nuwakot

नुवाकोट – ब्लड क्यान्सरपीडित लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङकी सावित्री डङ्गोलको उपचारको लागि आर्थिक सहयोग जुट्दै छ ।

लामो समयदेखि ब्लड क्यान्सरबाट ब्लड क्यान्सरबाट पीडित सावित्रीको हाल सिभिल अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

यसैक्रममा विभिन्न विद्यालयका शिक्षकहरुले आर्थिक सहयोग गरेको छ । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयबाट ३५ हजार ७००, भीमसेन माविबाट १२ हजार २७०, चन्द्रज्योति माविबाट २६ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ । आर्थिक सहयोग नागरिक समुदायबाट पनि जुट्ने क्रम जारी रहेको सावित्रीको परिवार स्रोतले जनाएको छ ।

सहयोग गर्न चाहनेले ज्योति विकास बैंक नुवाकोट शाखामा रहेको सावित्रीको खाता नं ०८९१११००३५७७३९००००० मार्फत सहयोग गर्न सक्नेछन् ।

उपचारको लागि सहयोग प्राप्त हुन थालेपछि सहयोगी मनहरुलाई धन्यवाद दिँदै पीडित सावित्रीले आफ्नो जीवन रक्षाको लागि सहयोग गरिदिन सबैमा अपिल गरेकी छिन् ।

शिक्षक सावित्री महेन्द्र माध्यमिक विद्यालयकी प्राथमिक तह शिक्षक हुन् ।

HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top