sujim bazar advert

मेसिन प्रदान

डबली खबर     चैत्र ८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

bidur municipality provide tailoring machine to women community center in nuwakot chaarghare
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – पर्यावरणमैत्री कपडाको झोला निर्माणको लागि विदुर नगरपालिकाले सिलाई मेसिन प्रदान गरेको छ ।

बुधबार नगरप्रमुख राजन श्रेष्ठले वडा नं १२ चारघरेमा रहेको महेन्द्र सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रविना लामालाई पाँच थान मेसिन हस्तान्तरण गरेका छन् ।

प्लास्टिकका झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आग्रह गर्दै उक्त कपडाको झोला बनाउन सिलाई मेसिन वितरण गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

१२ नम्बरका वडा अध्यक्ष उपिन्द्र खड्काले प्लास्टिक मुक्त वडा बनाउन केन्द्रमार्फत् झोला निर्माण गरिन उक्त मेसिन माग गरी प्रदान गरिएको बताए ।

प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यका साथै पर्यावरणमा प्रतिकुल असर पुग्ने भएकोले झोला निर्माणको लागि मेसिन प्रदान गरिएको जनाएको छ । 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top